ad ad

राजनीति


एमाले सांसद राई भन्छन् : सरकारको गतिविधिबाट गठबन्धनकै दलसमेत आतंकित छन्

एमाले सांसद राई भन्छन् : सरकारको गतिविधिबाट गठबन्धनकै दलसमेत आतंकित छन्

नेपालखबर
असार १०, २०७९ शुक्रबार १५:५१, काठमाडौँ

नेकपा (एमाले) का सांसद रामचन्द्र राईले सरकारको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भएको बताएका छन्।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले वर्तमान गठबन्धन सरकारले गरिरहेको गतिविधिबाट गठबन्धनमा आवद्ध दलहरु नै आतंकित भइरहेको बताएका हुन्। उनले सरकारले गरिरहेका राष्ट्रघाती क्रियाकलापहरुका कारण सत्तारुढ दलका सांसदहरु प्रताडित भएको जिकिर गरे।

उनले सरकार संवेदनहीन, भ्रष्ट र दृष्टिकोणविहीन भएको आरोप लगाए।

उनले भने, ‘सत्तापक्षका सांसदहरु नै यो सरकारले राष्ट्रका विपक्षमा गरिरहेका यी राष्ट्रघाती क्रियाकलापहरुले गर्दा उहाँहरु एकदमै प्रताडित हुनुहुन्छ। यो सरकारले गरिरहेको गतिविधिबाट गठबन्धन सरकारका सहभागी दलहरु नै आतंकित हुनुहुन्छ। तर्सिनुभएको छ। र यो सरकारबाट भाग्न पाए हुन्थ्यो। निस्किन पाए हुन्थ्यो भनेर पो भनिरहनु भएको हो कि? भन्ने लाग्यो। मूल रुपमा यो सरकार देख्दैन, सुन्दैन, संवेदनहीन छ। यो सरकार भ्रष्ट छ। यो सरकार सेटिङमा चल्छ। यो सरकार दृष्टिकोणविहीन छ। सार रुपमा यो सरकार यस्तै छ।’

सांसद राईले सत्तारुढ गठबन्धनलाई ‘ठगबन्धन’ भएको टिप्पणी गरे। उनले

बहालवाला एक मन्त्रीले असभ्य भाषा प्रयोग गरेको उल्लेख गर्दै असभ्य भाषा प्रयोग गर्ने मन्त्रीलाई हटाउन नसक्नु सरकारको नालायकीपन भएको बताए।

उनले सरकार जनताप्रतिको उत्तरदायित्वबाट भागिरहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .