ad ad

खेल


विमलसहित चार खेलाडीको कारबाही पुरानै मितिदेखि लागू

विमलसहित चार खेलाडीको कारबाही पुरानै मितिदेखि लागू

नेपालखबर
पुस ८, २०७६ मंगलबार ९:३६,

कारबाही घटाउन माग गर्दै अपिल गरेका राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगरसहित ४ खेलाडीका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीले सुनुवाई गरेको छ।

अपिल कमिटीको मगंलबार बसेको बैठकले उनीहरुको कारबाहीकाे अवधि पुरानाे मितिदेखि गणना गर्ने निर्णय गरेकाे हाे। उनीहरुलाई पुरानै मिति अर्थात कार्तिक ३० बाट लागू हुने गरी कारबाही गरिएको एन्फाले जनाएको छ। तर जरिवाना रकम भने पुरानै कायम राखिएको छ।

कात्तिक ३० गतेदेखि कारबाही लागू भएपछि सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका अन्जन र आर्मीका सन्तोषले कतार एयरवेज सहिद स्मारक एक डिभजिन लिगमा अबका दुई खेल मात्र गुमाउनेछन्। अन्जन साविक विजेता मनाङ मुख्य खेलाडी हुन्। त्यस्तै सन्तोषले आर्मीको मिडफिल्ड सम्हाल्दै आएका छन्।

दीनेशले भने अझै माघ ३० सम्म कुर्नुपर्नेछ। उनी यहि सिजन रुस्लान थ्री स्टार क्लब छोडेर च्यासल युथ क्लबसँग आबद्ध भएका थिए। उनले गत महिना सम्पन्न चन्द्रागिरी गोल्डकप पनि खेलेका थिए। विमलको हकमा भने उनी माल्दिभ्सको लिग खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारबाही हुनेछ।

अनुशासन उल्लघंन गरेको भन्दै एन्फाले गत मंसिर २७ गतेका दिनबाट लागु हुने गरि विमल, अन्जन विष्ट, दीनेश राजवंशी र सन्तोष तामाङलाई कारवाही गरेको थियो। विमल र दीनेशर्लाइ ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्ने र सबैलाई ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

आफूहरुले गल्ति गरेको र त्यसको सजाय पनि भोगेको उल्लेख गर्दै कारवाही घटाइ दिनका लागि अपिल कमिटी समक्ष गत मंसिर ३० गते चारै जनाले अलग अलग निवेदन दर्ता गराएका थिए।
४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दै समाचार सार्वजनिक भएपछि एन्फाले कारबाही गरेको थियो । भुटान जानका लागि कात्तिक ३० गते एन्फा पुगेपनि कारबाही सुनेपछि ४ जना घर फर्केका थिए।

यसबीचमा राष्ट्रिय टोली अथवा अन्य कुनै प्रतियोगिता भएको खण्डमा विमल सहभागी हुने छैनन्। विमलले पछिल्लो समय माल्दिभ्सको शीर्ष डिभिजनको क्लब टीसी स्पोर्ट्सबाट खेल्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .