ad ad

राजनीति


सुर्खेत विमानस्थल ओर्लिनेबित्तिकै उपप्रधानमन्त्री खड्काले ढोगे भुइँ

सुर्खेत विमानस्थल ओर्लिनेबित्तिकै उपप्रधानमन्त्री खड्काले ढोगे भुइँ

सुर्खेत विमानस्थलमा जमिन ढोग्दै उपप्रधान एवं रक्षामन्त्री खड्का


नेपालखबर
चैत २५, २०७९ शनिबार ११:५०, सुर्खेत

उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलोपटक गृह जिल्ला सुर्खेत आएका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्नेबित्तिकै जमिनलाई ढोगेका छन्। 

गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री खड्का शनिबार सुर्खेत पुगेका हुन्। 

खड्कालाई स्वागत गर्न सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो घुइँचो लागेको थियो।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने कुनै काम आफूबाट नहुने बताए।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिका रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ’, खड्काले भने, ‘त्यही ताकत, आशीर्वाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .