राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मावली थर प्रयोग गरी बच्चाको जन्मदर्ता गर्ने विषयमा जारी गरेको परिपत्र सच्याएको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ‘मावली थर’ राख्ने भनी व्यवस्था भएको ठाउँमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ राख्नेगरी ज्यवस्था भएको छ।
विवाह अघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिने विभागले बताएको थियो।
यसअघिको परिपत्रमा मावली थर प्रयोग गर्न भनिएको थियो।
78
Shares
प्रतिक्रिया