प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन मंगलबार बसेको बैठकमा सहमति नजुटेको बताएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उक्त कुरा बताएका हुन्।
तीन दलको बैठक– टीआरसीलगायत विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति
बैठकमा सांसदहरुलाई ब्रिफिङका क्रममा उनले मंगलबार सहमति जुट्न नसकेकाले अब वैशाख १ गते फेरि बसेर टुंगोमा पुर्याइने जानकारी दिए।
'संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउने प्रयासमा आज सहमति हुन सकेन। आजको बैठकमा कुरा नमिलेकाले फेरि वैशाख १ गते बस्ने कुरा भएको छ', उनले भने, 'हामीले संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्याउन दुईवटा प्रस्ताव अन्य दलहरुसँग अघि सारेका छौँ।'
दाहालका अनुसार बैठकमा माओवादीकोतर्फबाट टीआरसी टुंग्याउने प्रस्तावको कन्टेन्टमा सहमति गरेर जानुपर्ने पहिलो प्रस्ताव गरिएको छ।
'प्रस्तावक कन्टेन्टमा पनि अहिल्यै सहमति गरेर जाऊँ भन्ने हाम्रो प्रस्ताव छ', प्रचण्डले भने, 'हाउसमा प्रक्रियागतरुपमा जान पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमत गराउने गरी अर्को प्रस्ताव पनि राखिएको छ।'
टीआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रचण्ड–देउवाको प्रस्ताव, ओलीले गरे अस्वीकार |
बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा मंगलबार बिहान बसेको प्रधानमन्त्री प्रचण्ड, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको उपस्थितिमा बैठक बसेको थियो।
उक्त बैठकमा लगायत विधेयक टीआरसीलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने कुरामा सबै दल एकमत भएको बताइएको थियो।
Shares
प्रतिक्रिया