मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मोलमोलाई प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ वसुन्धरास्थित केन्द्रीय कार्यालय पुगेका छन्।
उक्त प्रकरणमा लिखित स्पष्टीकरण र मौखिक बयान पनि दिइसकेका उनलाई कारबाही गर्ने नगर्ने निर्णय लिन अहिले रास्वपा बैठक बस्दैछ।
बैठक बस्नुअघि नै रास्वपा समानुपातिक सांसदसमेत रहेका ढाका पार्टी केन्द्रीय कार्यालयमा पुगेका हुन्। सुटमा सजिएर पुगेका उनी पत्रकारहरुमाझ मुस्कुराए तर केही बोलेनन्।
उनले पार्टी केन्द्रीय कमिटी बैठकअगाडि केही नबोल्ने बताएका छन्। पार्टीले आफ्नोबारेमा ठोस निर्णय लिइसकेपनि आफूले पनि मुख खोल्ने प्रतिक्रिया उनले दिएका छन्।
प्रसाईसँगको संवादको अडियो आफ्नो नभएको बताएका उनीमाथि रास्वपाले कारबाही गरी सांसद पद पनि खोस्न सक्ने सम्भावना छ।
यदि आफूमाथि कारबाही हुने अवस्था आएमा प्रसाईसँगको लेनदेन प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरुको सबै पोल खोलिदिने चेतावनी उनले दिएका छन्।
Shares
प्रतिक्रिया