राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले अहिले आफूले केही नबोल्ने प्रतिक्रिया दिएका छन्।
बुधबार रास्वपा केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट हटाउँदै सांसद पदबाट पनि हटाउने निर्णय गरेको छ।
पार्टीले गरेको निर्णयपछि नेपालखबरसँग कुरा गर्दै उनले पार्टी निर्णय थाहा पाएको र केही समयमै एउटा काम गरेर देखाउने बताए।
‘अहिले केही बोल्दिन, केही गरेर देखाउँछु’ श्रेष्ठले भने ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि उनलाइ बुधबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्य समेत नरहने गरि कार्बाही गर्दै सांसद पदबाटसमेत निलम्बन गरेको हो।
330
Shares
प्रतिक्रिया