नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी विजयी भएका छन्। उनी गोकर्णबहादुर बानियाँलाई ७ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन्।
कूल खसेको ६०७ मतमा विजयी गिरीले ३०५ र बानियाँले २९८ मत प्राप्त गरेको सहायक मतदान अधिकृत नवीन धामीले जानकारी दिए। गिरी कांग्रेसको संस्थापन इतर र बानियाँ संस्थापननिकट मानिन्छन्।
उनीहरु प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। वरिष्ठ उपाध्यक्षमा गिरी प्यानलबाट इलमबहादुर शाही विजयी भएका छन्। उनी बानियाँ प्यानलका बिर्खबहादुर मल्ललाई हराउँदै वरिष्ठ उपाध्यक्ष्यमा विजयी भएका हुन्। शाहीले ३३३ र मल्लले २६६ मत पाएका छन्।
सहायक मतदान अधिकृत धामीका अनुसार शिक्षक संघको महासचिवमा ज्ञानेन्द्रबहादुर रावल निर्वाचित भएका छन्।
उनी ३०२ मतसहित महासचिवमा निर्वाचित हुँदा प्रतिस्पर्धी मेघनाथ यादवले २८८ मत प्राप्त गरेका छन्। महासचिवमा विजयी रावल बानियाँ प्यानलबाट उम्मेदवार थिए।
Shares
प्रतिक्रिया