ad ad

राजनीति


एकीकृत समाजवादीले थप मन्त्रालय मागेपछि ३ दलको बैठक निष्कर्षविहीन, बेलुका फेरि बस्ने

एकीकृत समाजवादीले थप मन्त्रालय मागेपछि ३ दलको बैठक निष्कर्षविहीन, बेलुका फेरि बस्ने

नेपालखबर
बैशाख २, २०८० शनिबार ११:५४, काठमाडौँ

आज बिहान बसेको सत्तारुढ तीन दलको बैठक पुनः बेलुका बस्नेगरी सकिएको छ। 

मन्त्रालय बाँडफाँडबारे नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच कुरा नमिल्दा बिहानको बैठक बिनानिष्कर्ष सकिएको हो। 

शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित यी दलका नेताहरूसँग मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा छलफल गरेका हुन्। 

एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि बिहान बसेका सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष टुंगिएको हो। 

बिहानको छलफलमा काङ्ग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा थिए। यस्तै समाजवादीबाट महासचिव घनश्याम भुसाल र किसान श्रेष्ठ थिए। 

‘यही टिम बेलुका पनि बस्नेछ’, प्रधानमन्त्री सचिवालयका एक सदस्यले नेपालखबरसँग भने। 

बेलुका तीन दलबीच सहमति भए प्रधानमन्त्री प्रचण्डले भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने ती सदस्यको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .