देशका प्रमुख प्रशासनिक केन्द्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको रिटको सुनुवाइ आज हुँदैछ।
मेयर बालेनले गएको चैत २५ गते सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’ त्यसको भोलिपल्टदेखि सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर महानगले उठाएको छैन।
महानगरलाई केन्द्रले असहयोग गरेका १४ कारण दिँदै उनले फोहोर नउठाउने बताएका थिए। नदी किनारका सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयले असहयोग गरेकोसहित उनले १४ वटा मन्त्रालयले विभिन्न काम अघि बढाउन सहयोग नगरेको बताएका छन्।
अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ आज हुने सर्वोच्च अदालतको प्रशासनले जनाएको छ।
Shares
प्रतिक्रिया