प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढ गएका छन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाका अनुसार काठमाडौँ–मधेश जोड्ने ‘फास्ट ट्रयाक’ (द्रुतमार्ग) अनुगमनका लागि प्रचण्ड आज बिहान निजगढ गएका हुन्।
‘प्रधानमन्त्रीज्यू, फास्ट ट्र्याक अनुगमन र निरीक्षण गर्न बारा जानुभएको हो’, उनले भने।
उनका अनुसार प्रधानमन्त्रीले फास्ट ट्र्याक निर्माणको अवस्थाबारे जानकारी लिनेछन्।
अनुगमन सकेर प्रधानमन्त्री आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस विज्ञ तिमल्सिनाले बताए।
57
Shares
प्रतिक्रिया