ad ad

राजनीति


प्रधानमन्त्री आज गोरखा र तनहुँ जाँदै

प्रधानमन्त्री आज गोरखा र तनहुँ जाँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार ८:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा र तनहुँ जाँदै छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुरुमा उनी आफू प्रतिनिधिसभा सदस्यमा विजयी भएको जिल्ला गोरखा जानेछन् र त्यसपछि तनहुँ पुग्नेछन्। 

उनी गोरखाका लागि अहिले बिहान साढे ८ बजे प्रस्थान गर्ने कार्यक्रम छ। त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड आज दिउँसो तनहुँ–१ मा हुने सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन्। 

तनहुँको डुम्रे बजारमा आज दिउँसो हुने चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता पनि त्यहाँ जाँदै छन्। 

सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण देखिएको छ।

यहाँ नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वोन्द्र खनाललाई उम्मेदवार बनाएको छ।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। 

गोरखा र तनहुँका कार्यक्रम सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .