ad ad

राजनीति


प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक

सिंहदरबारमा जारी संवैधानिक परिषद्को बैठक


नेपालखबर
बैशाख ६, २०८० बुधबार ९:०, काठमाडौँ

सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न अहिले संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ। 

परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भइरहेको हो। 

सिंहदरबारमा जारी संवैधानिक परिषद्को बैठक

सर्वाेच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ। 

महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वाेच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

जारी संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।  

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .