ad ad

राजनीति


प्रधानमन्त्री भन्छन्– समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविले हस्तक्षेप गनुपर्ने देखियो

प्रधानमन्त्री भन्छन्– समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविले हस्तक्षेप गनुपर्ने देखियो

नेपालखबर
बैशाख ९, २०८० शनिबार १७:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन्। 

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभइ देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको उनले दाबी गरे।

‘विचारमा विचलन देखापरेको छ। अहिले खालि कम्युनिष्ट आन्दोलन भित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा पनि आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला की भन्ने खतरा पैदा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेन्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ।’

यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ।

‘यस्तो बेलामा बौद्धिक पक्षबाट बुद्धिजीविबाट अलि हस्तक्षेप बढ्न जरुरी छ। वैचारिक बहस चलाउन जरुरी छ। अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै र धेरै तल उत्रिएर गाली गलौज देख्नेगरी अहिले वैचारिक विषयहरु वा यस खालका लेख, रचनाहरुतिरहरु भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन्,’ उनले भने।

उाले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने हो की भन्ने डर पलाएको पनि बताए।

लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरु, त्यसका नेताहरुप्रति जति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको उनको भनाई थियो। 

प्रधानमन्त्री दाहालले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौति आफूसमक्ष रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .