ad ad

राजनीति


तनहुँबासी लोकतन्त्रको पक्षमा छन्, मेरो जित निश्चित : गोविन्द भट्टराई

तनहुँबासी लोकतन्त्रको पक्षमा छन्, मेरो जित निश्चित : गोविन्द भट्टराई

मतदातासँग गोविन्द भट्टराई। तस्बिर : वाशुदेव मिश्र/नेपालखबर


नेपालखबर
बैशाख १०, २०८० आइतबार ११:३७, तनहुँ

नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जित निश्चित रहेको  बताएका छन्।

व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गरेपछि उनले आफ्नो जित पक्का भएको दाबी गरेका हुन्। 

'तनहुँका जनता लोकतन्त्रको पक्षमा भएकाले जित निश्चित छ', उनले भने, 'हिजो पनि जनताकै बीचमा थिएँ,अहिले पनि छु। भोलि पनि जनताबीचमै रहनेलाई जनताले पत्याउँछ्न्।'

यसअघि तनहुँको व्यास नगरपालिकास्थित दमौलीमा रहेको सत्यवती मावि मतदान केन्द्रमा भेटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेवार डा. स्वर्णिम वाग्लेले पनि आफ्नो जित हुने बताएका थिए। 

'यो लोकतन्त्रवादीको किल्ला हो र हामीले उन्नत लोकतन्त्रको कुरा गरिरहेका छौँ। त्यसैले जनमत हाम्रो पक्षमा छौं', उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .