ad ad

राजनीति


मंसिरमा विकासले ल्याएको मतलाई सुरूवातमै उछिने स्वर्णिमले

मंसिरमा विकासले ल्याएको मतलाई सुरूवातमै उछिने स्वर्णिमले

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार ९:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले सुरुवाती मतगणनामै गत मंसिरको निर्वाचनमा विकास सिग्देलले ल्याएको मतलाई उछिनेका छन्। 

तनहुँ क्षेत्र नम्बर १ मा गत मंसिरमा सिग्देलले जति मत प्राप्त गरेका थिए, उपनिर्वाचनको जारी मतगणनामा वाग्लेले त्योभन्दा बढी मत ल्याइसकेका छन्। 

सोमबार बिहानसम्मको मतपरिणाम अनुसार वाग्लेले ७ हजार ६ सय २५ मत प्राप्त गरिसकेका छन्। यो गत निर्वाचनमा रास्वपा उम्मेदवार विकास सिग्देलले प्राप्त गरेको समग्र मतभन्दा १ हजार ५ सय ८१ बढी हो। 

गत आमनिर्वाचनमा त्यस क्षेत्रमा रास्वपा उम्मेदवार सिग्देलले अन्तिम मतगणनाको परिणामअनुसार ६ हजार ४४ मतमात्र प्राप्त गरेका थिए। त्यसबेला सिग्देल चौथो स्थानमा रहँदै पराजित भएका थिए। 

त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई २५ हजार ३ सय ६१ मत प्राप्त भएको थियो। पौडेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ र तेस्रो स्थानका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत प्राप्त गरेका थिए। 

तनहुँ–१ का भानु गाविस र आँबुखैरेनी गाविसका ९ वटा वडाको मतगणना गर्दा सुरुवाती चरणमै डा.वाग्लेले गत आमनिर्वाचनमा रास्वपाले पाएभन्दा बढी प्राप्त गरेका हुन्। 

जारी मतगणनामा नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४ सय ७१ र एमालेका सर्वेन्द्र खनालले २ हजार २ स्य १९ मत प्राप्त गरेका छन्।

तनहुँ–१ मा व्यास नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, आबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिका पर्दछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .