बारा क्षेत्र नम्बर २ को मतगणना थाल्न कलैयामा सोमबार बिहान बसेको सर्वदलीय बैठक सकिएको छ।
आइतवारै रातिबाट गन्ने तयारी भए पनि दलहरुबीच सोमबारदेखि मात्रै गन्ने सहमित भएअनुसार सर्वदलीय बैठक बसेको हो।
सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले बताए।
उता चितवन २ मा पनि अहिले बिहान सर्वदलीय बैठक बसेपछि मतगणना थाल्ने तयारी भएको छ।
72
Shares
प्रतिक्रिया