बारा क्षेत्र नम्बर २ को सुरूवाती रुझाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बलियो देखाएको छ।
पहिलो एक हजार ६०० मतको परिणाम आइसक्दा अन्य उम्मेदवारलाई यादवले ४५८ मतसहित अग्रता बनाइरहेका छन्।
बारा २ मा यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादीसहितका दलहरुको समर्थन छ।
कलैयामा भइरहेको मतगणनाको सुरुवाती परिणाम अनुसार यादवपछि ३६० मतसहित जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशावाह दोस्रो नम्बरमा छन्।
उता नेकपा एमालेका पुरुषोत्तम पौडेल ३१७ मतसहित तेस्रो स्थानमा छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १६९ मत ल्याएका छन्।
अहिले त्यहाँ करैयामाई गाउँपालिका १ र सुवर्ण गाउँपालिका १ बाट मतगणना थालिएको हो।
147
Shares
प्रतिक्रिया