ad ad

राजनीति


बारा २ : उपेन्द्रको अग्रता ८ सयले बढ्यो

बारा २ : उपेन्द्रको अग्रता ८ सयले बढ्यो

नेपालखबर
बैशाख ११, २०८० सोमबार २२:२८, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। 

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार ३ हजार ७८१ मत प्राप्त गरेका छन्।

उनीहरूबीचको मतान्तर ८०० छ। 

कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ९८१ मत ल्याएर यादवलाई पछ्याइरहेका छन्।

उता नेकपा एमालेका पुरुषोत्तम पौडेल १ हजार ६४० मतसहित तेस्रो स्थानमा छन्। 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ७०८ मत ल्याएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .