ad ad

राजनीति


बारा २ मा उपेन्द्रले बढाए मतान्तर, शिवचन्द्र ३ हजार मतले पछि

बारा २ मा उपेन्द्रले बढाए मतान्तर, शिवचन्द्र ३ हजार मतले पछि

नेपालखबर
बैशाख १२, २०८० मंगलबार ६:७, काठमाडौँ

बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जसपाका अध्यक्ष समेत रहेका सत्ता गठबन्धनका साझा उम्म्ेदवार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार यादवले ९ हजार ८ सय ७० मत पाउँदा उनलाई पछ्याइरहेका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत प्राप्त गरेका छन्।

उनीहरूबीच ३ हजार ९९ मतको अन्तर छ।

त्यस्तै, यहाँ नेकपा एमालेका उम्मेदवार तेस्रो र रास्वपाका उम्मेदवार चौथो स्थानमा छन्। 

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय र रास्वपाका रमेश खरेलले १ हजार १ सय ७४ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .