उपनिर्वाचनबाट नवनिर्वाचित तीनजना प्रतिनिधि सभा सदस्यमध्ये आज रवि लामिछाने र स्वर्णिम वाग्लेले पदको शपथ खाने भएका छन्।
बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले आफ्नो निर्वाचन क्षेत्रमै रहेकाले उनको चाहिँ आज शपथ नहुने भएको हो।
लामिछाने र वाग्ले दुवै राष्ट्रिय स्वतन्त्र (रास्वपा) का तर्फबाट क्रमशः चितवन २ र तनहुँ १ बाट निर्वाचित हुन्।
उनीहरूले आज बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा शपथ खाने कार्यक्रम रहेको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए।
48
Shares
प्रतिक्रिया