निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गत १० वैशाखमा भएको उपनिर्वाचनको प्रतिवेदन कार्यवहाक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष पेस गरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचन परिणाम सहितको प्रतिवेदन कावा राष्ट्रपति यादवसमक्ष प्रतिवेदन पेस भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना भएकाले कावा राष्ट्रपतिको जिम्मेवारी यादवले सम्हालेका छन्।
संविधानको धारा ६७ को उपाधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ।
33
Shares
प्रतिक्रिया