ad ad

राजनीति


संसदलाई छलेर अयोग्य लडाकुलाई २ लाख दिने निर्णय गर्नु स्वाभाविक छैन : प्रदीप पौडेल

संसदलाई छलेर अयोग्य लडाकुलाई २ लाख दिने निर्णय गर्नु स्वाभाविक छैन : प्रदीप पौडेल

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १५:१५, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आर्थिक संकट बेला सरकारले संसद छलेर सो निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्। 

‘अयोग्य लडाकुलाई २/२ लाख रुपैयाँ दिने निर्णय भएको भन्ने कुरा विभिन्न माध्यामबाट बाहिर आइरहेको छ। यस्तो आर्थिक संकटको बेलामा यो निर्णय अपारदर्शी ढंगले संसदलाई छलेर गर्नु स्वभाविक होइन,’ उनले भने, ‘त्यसकारण म सर्वप्रथम सभामुखमार्फत् सरकारलाई माग गर्न चाहन्छु–यो विषयमा के भएको हो? यथार्थ जानकारी सदनलाई गराईयोस्।’

सांसद पौडेलले यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे।

सांसद पौडेलले आर्थिक संकटमा सरकारले अपारदर्शी ढंगले बजेट खर्च गर्न नमिल्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .