ad ad

राजनीति


फरार सांसद कोइरीको विषयले संसदमा विवाद, आधा घन्टाका लागि बैठक स्थगित

फरार सांसद कोइरीको विषयले संसदमा विवाद, आधा घन्टाका लागि बैठक स्थगित

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १७:२७, काठमाडौँ

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको संसदमा अनुपस्थितिको विषयमा विवाद हुँदा संसद बैठक आधा घण्टाका लागि स्थगित भएको छ। 

सभामुख देवराज घिमिरेले स्वास्थ्य उपचारका लागि निरन्तर २१ वटा बैठकमा कोइरी अनुपस्थित भएको संसदलाई जानकारी गराएका थिए। 

सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका थिए।

हत्या आरोपमा फरार रहेका सांसद कोइरीको बारेमा स्पष्ट जानकारी गराउन दलहरूले माग गरेका छन्।

नेपाली कांग्रेसका प्रमुख रमेश लेखकले फरार रहेको मान्छेलाई बिरामी बिदामा रहेको बताउँदा जग हँसाइ हुने पनि बताएका छन्।

दलहरूको विरोधपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ। हिँउदे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरमा बसेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .