ad ad

राजनीति


बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउदले भाग लिने

बेलायतका राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री साउदले भाग लिने

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८० आइतबार १३:७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल नजाने भएपछि बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालकोतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउने भएका छन। 

राष्ट्रपति पौडेलको उपचारमा लामो समय लागेपछि नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद बेलायत जाने भएका हुन्। 

चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने भएका हुन्। 

वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजाको राज्याभिषेक कार्यक्रममा तय भएको छ। यसअघि राज्याभिषेकमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम तय भएको थियो। 

तर, उनको स्वास्थ्य प्रतिकूलताका कारण परराष्ट्रमन्त्री साउद बेलायत जाने कार्यक्रम निर्धारण गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

साउदका स्वकीय सचिव दीपक जोशीले वैशाख २१ मा बेलायत गएर २६ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताए। 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका कारण राज्याभिषेकमा परराष्ट्रमन्त्री साउद सहभागी हुने तयारी भइरहेको बताइन्। 

‘सम्माननीयज्यू उपचारका लागि जानुभएको छ। उहाँ आज फर्किनु हुने भन्ने पनि छ,’ उनले भनिन्, ‘उहाँलाई रेस्ट चाहिने भएकाले परराष्ट्रमन्त्रीज्यू बेलायत जाने बारे वर्क आउट भइरहेको छ।’

बेलायत नेपालसँग दौत्य सम्बन्ध कायम भएको पहिलो देश हो। गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयाको निधनपछि उनका उत्तराधिकारी तथा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह तीन दिनसम्म मनाइँदैछ। 

बकिङ्घम दरबारले बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन २ हजार पाहुनालाई निमन्त्रणा पठाइसकेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .