ad ad

राजनीति


हत्याका अभियुक्त एमाले सांसद कोइरी फरार रहेको जानकारी प्रहरीले पठायो सभामुखलाई

हत्याका अभियुक्त एमाले सांसद कोइरी फरार रहेको जानकारी प्रहरीले पठायो सभामुखलाई

नेपालखबर
बैशाख १८, २०८० सोमबार १४:४७, काठमाडौँ

नेपाल प्रहरीले हत्याका अभियुक्त नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी हाल फरार रहेको जानकारी सभामुखलाई गराएको छ। आइतबार सभामुखलाई पत्र पठाउँदै अदालतको आदेशबारे जानकारी गराएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले बताए। 

सभामुख देवराज घिमिरेलाई पठाइएको पत्रमा सर्वोच्च अदालतको आदेश उल्लेख गरिएको र कोइरी फरार अवस्थामा रहेको जानकारी गराइएको छ। 

‘हामीले सभामुखलाई अदालतको आदेश यस्तो छ। र, उहाँ हाल फरार हुनुहुन्छ भनेर सभामुखलाई जानकारी गराएका हौं। यसअघि संसदका महासचिवलाई पत्र पठाइएको थियो। अहिले सभामुखलाई पत्र पठाएका हौं’, कडायतले नेपालखबरसँग भने। 

जानकारी एवम् कार्यार्थ विषयमा पठाइएको पत्रमा प्रहरीको सूचीमा उनी हाल फरार रहेको र हत्या अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जानकारी उल्लेख छ। 

वैशाख १५ गते बसेको संसद् बैठकमा कोइरीकै विषयमा सांसदबीच विवाद चलेको थियो। सभामुखले कोइरी पनि बिरामी बिदामा रहेको बताए पछि एमाले बाहेकका दलले विरोध गरेका थिए। हत्या अभियोगमा फरार सांसदलाई विरामी भन्दा जग हसाई हुने सांसदहरुको टिप्पणी थियो। 

कोइरीमाथी सशस्त्र प्हरीका सहायक हवल्दार थमन बिकको हत्या गरेको अभियोग छ। उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। २०७२ भदौ २५ गते आन्दोलनमा घाइते भएका बिकलाई उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर हत्या गरेका थिए।

सुरुमा पक्राउ परेका कोइरी जिल्ला अदालतको आदेशमा एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। तर जिल्लाको आदेश बदर गर्दै उच्चले थुनामा पठाउन आदेश दिएको हो। 

उक्त घटनामा कोइरीसहित २९ जनालाई प्रतिवादी बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .