ad ad

राजनीति


रास्वपाले सरकारलाई दिएको समर्थनबारे आगामी शुक्रबार निर्णय लिने

रास्वपाले सरकारलाई दिएको समर्थनबारे आगामी शुक्रबार निर्णय लिने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय।


नेपालखबर
बैशाख १८, २०८० सोमबार १५:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे आगामी शुक्रबार मात्र निर्णय गर्ने भएको छ। 

आगामी शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारको समर्थन कायम राख्दै सरकारमा जाने/नजाने निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए।

रास्वपाको सोमबार केन्द्रीय समितिको बैठक बसेको थियो।

बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने विषयमा छलफल गरेपनि टुंगो नलागेको ती पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

‘आज सरकार र समर्थनका विषयमा छलफल भएपनि निर्णय भएन, अब शुक्रबार संयुक्त बैठक बसेर निर्णय गर्छाैँ,’ ती पदाधिकारीले भने। 

रास्वपाको सोमबारको केन्द्रीय समिति बैठकले पार्टी विभाग गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .