ad ad

राजनीति


प्रधानमन्त्रीबाट ‘ग्रिन सिग्नल’ पाएपछि रास्वपाले माग्यो ४ दिनको समय

प्रधानमन्त्रीबाट ‘ग्रिन सिग्नल’ पाएपछि रास्वपाले माग्यो ४ दिनको समय

फाइल तस्बिर।


नेपालखबर
बैशाख १८, २०८० सोमबार १५:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुन पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएको विश्लेषण गरेको छ। सोमबार बसेको केन्द्रीय समितिको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिनेबारे छलफल भएको थियो।

तर, सरकारमा सहभागी गराउन र मागमुद्दा सम्बोधन गर्न प्रधानमन्त्री तयार भएपछि केहीदिन कुर्ने निष्कर्षमा रास्वपा पुगेको महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए।

‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई साविकका मन्त्रलाय र नीति तथा कार्यक्रम पुर्नलेखन गर्न मञ्जुर छु भन्नुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले यति भनिसकेकाले अब पार्टीले सरकारमा जाने वा नजाने भन्ने निर्णय मात्र गर्ने हो।’

स्रोतका अनुसार रास्वपा सरकारमा जान तयार छ। तर, यसबारेको निर्णय लिनका लागि सभापति लामिछानेले आगामी शुक्रबार बस्ने बैठकमा सरकारमा सहभागी हुादाका फाइदा र बेफाइदाबारे सूची तयार गरेर उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गर्ने ढकालले बताए। 

सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले पनि रास्वपाले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउँदै सरकारमा सहभागिताको प्रयास भइरहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .