नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा उच्च तहका कर्मचारी र नेताहरु तानिइरहँदा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली लडाकुको कुरा उठाएका छन्।
नक्कली शरणार्थी प्रकरणमा एमालेकै पदाधिकारी तहका नेताहरु तानिएका बेला बस्नेतले माओवादीका नक्कली लडाकुको प्रकरण पनि उठाएका हुन्।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैलाई कारबाही हुनुपर्ने पनि बताएका छन्। त्यससँगै नक्कली लडाकु, बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरण र वाइडबडी प्रकरण पनि उठाएका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरण मा संलग्न सबैलाई कारबाही गर्ने कुरा उचित छ’, उनले भनेका छन्, ‘नक्कली लडाकु, बालुवाटार, वाइडबडी लगायत प्रकरणका सबै दोषीलाई कारबाही गर्न दलहरु एक हुनुपर्दछ। एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भए पनि सबै दोषीलाई कारबाही गर्नु पर्दछ।’
Shares
प्रतिक्रिया