नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
बुधबार पक्राउ परेका पाण्डेलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ।
नक्कली शरणार्थी प्रकरमणमा मंगलबार मात्रै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पक्राउ परेका थिए।
त्यही प्रकरणमा जोडिएका पाण्डेलाई काठमाडौं परिसरको टोलीले बुधबार पक्राउ गरेको हो।
यसअघि पक्राउ परेका केशव दुलाल र राईको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो। उनलाई काठमाडौं परिसरमा राखेर अनुसन्धान अघि बढाइएको छ।
पाण्डे यसअघि गृहसचिवका रुपमा कार्यरत रहने क्रममा नक्कली शरणार्थी अमेरिका पठाउने गिरोहसँग मिलेमतो गरेको अनुसन्धानबाट खुलेको छ।
उक्त गिरोहसँग रकम लेनदेनमा उनीसमेत प्रत्यक्ष जोडिएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। यसअघि समातिएकाहरुले पनि पाण्डेको संलग्नता पुष्टि गरेपछि उनलाई पक्राउ गरिएको हो।
Shares
प्रतिक्रिया