प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मा मोहन बहादुर बस्नेतले पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बस्नजेतलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।
फागुन १५ देखि रिक्त पद यसअघि प्रधानमन्त्री प्रचण्डले नै हेर्दै आएका थिए। त्यसअघि भने स्वास्थ्यमन्त्रीमा एमालेका पदम गिरी थिए।
उनी सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभाबाट निर्वाचित सांसद हुन्।
1.7k
Shares
प्रतिक्रिया