ad ad

राजनीति


‘प्रेस स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार छ’

‘प्रेस स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार छ’

नेपालखबर
बैशाख २०, २०८० बुधबार २०:५१, काठमाडौँ

नेपाली कांग्रेसका सह महामन्त्री एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार रहेको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा मनोहरा जेसीजले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सहमहामन्त्री पाण्डेले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्न विभिन्न हतकण्डा भइरहेको भन्दै कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने बताए।

‘आजको राजनीतिक उपलब्धी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण सम्भव भएको हो। यसको रक्षाका लागि कांग्रेसले आफूलाई कठोर बनाउँछ। स्वतन्त्रताविरुद्ध उभिनेहरुको कांग्रेसले कडा प्रतिवाद गर्छ’, उनले भने।

पाण्डेले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने कानून बन्न नदिन कांग्रेसले सरकार, सदन र सडकबाट समेत खबरदारी गर्ने बताए।

अन्तरक्रियामा कांग्रेस युवा नेता एवं सांसद राजेन्द्र बजगाईले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध थालिएका प्रयत्नको प्रतिवाद गर्न नेपाली प्रेस जगत सक्षम रहेको बताए।

कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रजनी थापा, उपाध्यक्ष अनुप सुनुवार र मनोहरा जेसीजका अध्यक्ष सुजिनप्रकाश थापा लगायतले अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यताबारे युवाहरुलाई सचेत गराउन जरुरी रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .