ad ad

राजनीति


ओलीसँग दुई घन्टा छलफलपछि प्रचण्डले भने- कसैको दबाबमा पर्दैनौं, दोषीलाई कारबाही हुन्छ

ओलीसँग दुई घन्टा छलफलपछि प्रचण्डले भने- कसैको दबाबमा पर्दैनौं, दोषीलाई कारबाही हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा भेट गर्दै। (फाइल तस्बिर)


नेपालखबर
बैशाख २३, २०८० शनिबार १४:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही हुने दाबी गरेका छन्।

शनिबार सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको २ घन्टा लामो छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

साथै, एमाले अध्यक्ष ओलीले यसअघि र आजको दुवै भेटमा यस प्रकरणबारे चासो राखेको पनि जानकारी दिए। 

‘अस्ति पनि र आज पनि यो विषयमा उहाँले कर्न्सन राख्नुभयो। मैले जनरल कुरा राखेको छु,’ प्रधानमन्त्रीले भने।

ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डको सवाल–जवाफः

भुटानी शरणार्थीबारे के कुरा भयो?
प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटुन, निर्दोष कोही नपरुन भन्ने मान्यताबाट बोल्डले अगाडि गइन्छ।

तपाईंलाई अध्यक्ष ओलीले के भन्नुभयो?
अस्ति पनि र आज पनि यो विषयमा उहाँले कर्न्सन राख्नुभयो। मैले जनरल कुरा राखेको छु। 

टोपबहादुर रामबहादुरहरुलाई बचाइदिउँ भन्न आउनुभएको हो?
त्यस्तो भनेर बचाउँ भनेर कसैले नि सक्दैन नि। 

तपाईं दबाबमा त पर्नुहुन्न?
पर्दिन, पर्दिन। म दबाबमा पर्दिँन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .