ad ad

राजनीति


मधेस आन्दोलनका सहिदको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउने

मधेस आन्दोलनका सहिदको सम्झनामा प्रदेश सरकारले बलिदानी दिवस मनाउने

शैलेन्द्र महतो
पुस २४, २०७६ बिहिबार १०:५३,

प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिदहरुको सम्झनामा अगामी माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ।

बलिदानी दिवसका अवसरमा वीरगंजमा विशेष समारोहको आयोजना गर्ने प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकार मन्त्री परिषदको बिहीबार सम्पन्न बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए।

प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको समेत उपस्थिति रहने छ। उक्त कार्यक्रममा मधेस आन्दोलनका सहिद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ।

२०६३ साल यता मधेस केन्द्रित दलहरुले सहिदहरुको सम्झनामा मनाउँदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो। गत वर्ष माघ पाँच गते सिरहाको लहानमा बलिदानी दिवसको विशेष समारोह आयोजना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .