ad ad

अटो


टाटा मोटर्सद्वारा जनवरी फेस्टको आयोजना

टाटा मोटर्सद्वारा जनवरी फेस्टको आयोजना

नेपालखबर
पुस २४, २०७६ बिहिबार ११:४,

टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक बितरक, सिप्रदी ट्रेडिङ प्रालीले जनवरी फेस्ट विशेष कार्यक्रमकोे आयोजना गर्न लागेको छ।

कार्यक्रम शुक्रबार र शनिबार (जनवरी १० देखी १२, २०२० सम्म) थापाथली स्थित टाटा मोटर्सका सोरुममा आयोजना गर्न लागेको हो। ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनअ।रजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमाएक लाखसम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन्।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कंम्पनीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .