ad ad

राजनीति


ओलीलाई सांसद सिंहको प्रश्न : बेलायत र जापानमा राजा मान्ने सबै मुर्ख हुन्?

ओलीलाई सांसद सिंहको प्रश्न : बेलायत र जापानमा राजा मान्ने सबै मुर्ख हुन्?

राप्रपा सांसद दीपकबहादुर सिंह। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २४, २०८० आइतबार १७:७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपकबहादुर सिंहले राजतन्त्रको वकालत गर्नेहरुले देश बेच्ने सन्धि–सम्झौता नगरेको दाबी गरेका छन्।

आइतबारबाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकमा उनले आफूहरु पूर्वराजाको पछि लागेको स्वीकार गर्दै यस्तो बताएका हुन्। 

‘राजाको पछि लाग्ने दहीच्युरे हो भन्ने कुरा गरे, हो हामी लागेका छौँ,’ सिंहले भने, ‘हामीले भ्रष्टाचार गरेको छैन। देश बेच्ने सन्धि र सम्झौता हामीले गरेको छैन।’  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको वकालत गर्ने राप्रपालाई लक्षित गर्दै दिएको अभिव्यक्ति प्रति उनी आक्रोशित सुनिए। 

‘केही दिन पहिलामात्रै राजा मान्ने व्यक्तिहरु मुर्ख हुन्, मुर्खले मात्र मान्छ भन्ने एउटा मिडियामा मैले सुनेको थिएँ,’ ओलीको नाम नलिई सिंहले भने, ‘बेलायतमा राज्याभिषेक हुँदा लाखौँ मान्छेहरु उठे के ती मुर्ख हुन? जापानमा राजा मान्नेहरु मुर्ख हुन? होइन।’

उनले संसदमा भ्रष्टाचारबारे सुरु भएको बहस स्मरण गराउँदै प्रश्न गरे। ‘जुन बहस यो हाउसमा चलिराखेको छ। गणतन्त्र यही दिनको लागि ल्याएको हो?,’ 

विगतमा भ्रष्टाचार नगर्ने भन्दै शपथ खाएकाहरुले भ्रष्टाचार गरेको सांसद सिंहको भनाइ थियो। 

‘सत्ता पक्ष पनि विपक्ष पनि करप्सनबाहेक केही कुरो उठाउन सकेका छैनन्। हिजोका दिन पनि हामी भ्रष्टाचार गर्दैनौँ भनेर शपथ खाँदै प्रधानमन्त्री भए,’ उनले भने, ‘जति ठूलो स्वरले शपथ खाए त्यति ठूलो भ्रष्टाचार यो देशमा गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .