ad ad

राजनीति


सरकारी सञ्चार माध्यमलाई भजनमण्डली नबनाउन प्रशारणसम्बन्धी विधेयक : सञ्चारमन्त्री शर्मा

सरकारी सञ्चार माध्यमलाई भजनमण्डली नबनाउन प्रशारणसम्बन्धी विधेयक : सञ्चारमन्त्री शर्मा

फाइल फोटो


नेपालखबर
बैशाख २६, २०८० मंगलबार १५:२४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित् गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित हुने गरी सरकारले आम सञ्चारसँग सम्बन्धित नीति, कार्यक्रम, बजेट, नियमावली तर्जुमा गरी त्यसको व्यवहारिक कार्यान्वयनमा लैजान विशेष ध्यान दिएको पनि बताइन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हर क्षण आवश्यक रहेकाले सरकारले त्यसको सुनिश्चित गरेर अघि बढनुको विकल्प नभएको उनको भनाई थियो। मन्त्री शर्माले मिडियाको प्रमोशनका लागि सरकारले केन्द्रित भएर काम गरिरहेको दावी समेत गरिन्।

उनले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउने कुरालाई अघि बढाएको पनि बताइन्। मन्त्री शर्माले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझाव लिने गरी समितिनै बनाइएको स्मरण गराइन्।

मन्त्री शर्माले सञ्चार क्षेत्रलाई पनि अन्य उद्योग सरह बैंकबाट लोन लिएर काम गर्न सक्ने व्यवस्था सरकारले गरेको पनि उल्लेख गरिन्।

उनले सरकारी सञ्चार माध्यामलाई सरकारको भजनमण्डली बनाउनु हुन्न भन्ने मान्यताको आधारमा प्रशारणसम्बन्धि विधेयक अघि बढाइएको दोहोर्याइन्।

राजनीतिक स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तरसम्बन्धित विषय भएकाले त्यसको हनन् हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने आवश्यक्ता औंल्याइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .