ad ad

राजनीति


खाँण पक्राउ परेपछि प्रदीप पौडेलको प्रतिक्रिया- अनुसन्धानमा कांग्रेसले सहयोग गर्नुपर्छ

खाँण पक्राउ परेपछि प्रदीप पौडेलको प्रतिक्रिया- अनुसन्धानमा कांग्रेसले सहयोग गर्नुपर्छ

नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:६, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई पार्टीले पूर्ण रुपमा सहयोग गर्नुपर्ने बताएका छन्। 

पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका पाैडेलले अनुसन्धानमा पार्टीले सघाउनुपर्ने प्रतिक्रिया दिएका हुन्। 

छानबिन र अनुसन्धानलाई कसैले पनि प्रभावित गर्ने काम गर्न नहुनेमा जोड दिँदै पौडेलले प्रकरणमा संलग्नलाई ढाकछोप गर्ने र चोख्याउने काम गर्न नहुने पनि उल्लेख गरेका छन्। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘कोही कसैले वा कहीँ कतैबाट प्रभावित गर्ने काम हुनु हुँदैन। प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्।’ 

पौडेलले अत्यन्तै गम्भीर भएर छानबिन गरेर दोषी सबैलाई कानुनी कठघरामा ल्याउन र अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढतापूर्वक अगाडि बढ्न सरकारलाई आग्रह पनि गरेका छन्। 

‘को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस्,’ उनले लेखेका छन्, ‘अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस्। अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढतापूर्वक सरकार अगाडि बढोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .