नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित अडिओको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही माग गरेकी छन्।
उनले बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित उजुरी दिएर अडिओको सत्यतथ्य तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाहीको माग गरेकी हुन्।
आरजु र मञ्जुलाई साढे ८ करोड बुझाएको अडिओ जाहेरवालाले नै दिएका थिए प्रहरीलाई
‘विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडिओबारे अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही होस्,’ उजुरीमा भनिएको छ।
कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद राणाले अडिओको रेकर्ड पनि उजुरीसँगै पेश गरेकी छन्।
Shares
प्रतिक्रिया