जनता समाजवादी पार्टीको विधान अधिवेशन सरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असार असार ९ देखि ११ सम्म काठमाडौंमा अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए।
यसअघि जेठको १ देखि ३ सम्मका लागि अधिवेशन तय भएको थियो।
‘तयारी पूरा नभएपछि विधान अधिवेशन सारिएको हो,’ बस्नेतले नेपालखबरसँग भने, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट ल्याउने भएपछि पार्टी काममा लाग्ने समय कम भयो।’
जसपाले सरकारमा पठाउने मन्त्रीबारे भने कुनै पनि निर्णय गर्न सकेन।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाले २ वटा मन्त्रालय पाएपनि एकजना मात्र मन्त्री छन्।
27
Shares
प्रतिक्रिया