नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुबारे भइरहेको छानबिन कतैबाट प्रभावित हुन नहुनेमा जोड दिएका छन्।
सोही प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेसकै केन्द्रीय सदस्य बालकृष्ण खाँण हिरासतमा पुगेका बेला सिंहले अनुसन्धान कसैले बिथोल्न नहुनेमा खबरदारी गरेका हुन्।
‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन निष्पक्ष रूपमा अघि बढाइयोस्। नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानबिनलाई कहीँ कतैबाट प्रभावित बनाउने प्रयास नहोस्’, सिंहले फेसबुकमार्फत भनेका छन्, ‘यस्ता घटनाहरूले राजनीतिमाथि थुप्रै प्रश्नहरू उठाएको छ।’
कानुनको नजरमा सबै समान रहेको स्मरण गराउँदै उनले र दोषीले उन्मुक्ति पाउँदैनन् र निर्दोष फस्दैनन् भन्ने नजिर बन्नेगरी शरणार्थी प्रकरणको निर्क्योल हुनुपर्ने बताए।
‘कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटून्, निर्दोषहरु नपरून्। कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्नेगरी नक्कली भुटानी शरणार्थी प्रकरणको निरक्योल हुन सकोस्,’ सिंहले लेखेका छन्।
Shares
प्रतिक्रिया