ad ad

राजनीति


जसपाको विधान अधिवेशन प्रतिनिधि बन्न ५ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने

जसपाको विधान अधिवेशन प्रतिनिधि बन्न ५ वर्ष पार्टीमा काम गरेको हुनुपर्ने

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २०:३७, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनमा प्रतिनिधि छनौट गर्न पार्टी समिति र संगठनहरुले पालना गनुपर्ने नियमहरु बनाएको छ।

विभिन्न पार्टी समिति, भ्रातृसंगठन र पेसागत संगठनहरुलाई प्रतिनिधि छान्नका लागि ६ बुँदे नियम पालना गनुपर्ने बताइएको छ।

छनौट हुने प्रतिनिधि कम्तिमा ५ वर्ष निरन्तर पार्टी सदस्य भई कार्य गरेको हुनुपर्ने छ। प्रतिनिधि चयन गर्दा सम्बन्धित पार्टी समिति वा संगठनको बैठकबाट निर्णय गनुपर्ने छ।

भ्रातृसंगठनबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि आफू सम्वद्ध संगठनमा कम्तिमा ५ वर्ष निरन्तर संगठित भई कार्य गरेको र पार्टी सदस्यता प्राप्त गरेको हुनुपर्ने छ। 
 
सबै प्रदेश, जिल्ला तथा जनवर्गीयरभ्रातृसंगठन लगायतका समितिले प्रतिनिधि छनौट गरिएको सम्बन्धित समितिको माइन्यूट अर्थात निर्णयको प्रतिलिपि समेत केन्द्रीय कार्यालयमा जेष्ठ २५ गतेसम्म पठाइ सक्नपर्ने जसपाले बताएको छ। 

निर्वाचन वा अन्य समयमा पार्टी अनशासन उल्लङ्घन गरी पार्टी बिरोधी गतिविधिमा संलग्न भएको व्यक्ति विधान अधिवेशन प्रतिनिधि हुन नपाउने जसपा प्रचार प्रसार विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .