ad ad

राजनीति


एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुग्नुभयो : महेश बस्नेत

एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुग्नुभयो : महेश बस्नेत

नेपालखबर
बैशाख ३१, २०८० आइतबार २२:२, काठमाडौँ

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफ्नो पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको दाबी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत नेता बस्नेतले प्रहरी अनुसन्धानलाई सहयोग गर्न रायमाझी प्रहरीकोमा पुगेको दाबी गरेका हुन्।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भनेका छन्, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधि हरुलाई कारबाबहीको दायरामा ल्याउनु अनुरोध छ।’

आइतबार साँझ बूढानिलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेका रायमाझीलाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .