प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गरेकोप्रति जनताले समर्थन जनाएकोमा आभार प्रकट गरेका छन्।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको बर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा र चौथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो आभार व्यक्त गरेका हुन्।
‘भ्रष्टाचारीलाई गरेको कारबाहीप्रति आम जनताले विभिन्न माध्यमबाट समर्थन र ऐक्यवद्धता जनाउनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूलाई कुनै पनि बहानामा बचाउने काम नगरियोस्, सरकारले खुट्टा नकमाओस् भन्ने खबरदारी गर्नुभएको छ, त्यसप्रति सम्मान व्यक्त गर्दछु।’
साथै, सरकारले जनताको भावनाको कदर गर्दै दृढतापूर्वक अघि बढ्ने पनि उनले बताए। ‘सरकार तपाईहरुको भावनाको कदर गर्दै दृढतापूर्वक अघि बढ्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
Shares
प्रतिक्रिया