बिहीबार मध्यान्ह सुरु भएको प्रतिनिधिसभाको बैठकमा १५ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्दै छन्।
बिहान ११ बजे बस्ने गरी डाकिएको बैठक दुई घण्टा ढिलो गरी दिउँसो १ बजे सुरु भएको हो।
यो बैठकमा विभिन्न दलका सांसदहरुले प्रचण्डलाई सरकारका विभिन्न काम र समसामयिक विषयमा प्रश्न गर्ने कार्यसूची छ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहेका बेला प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको प्रत्यक्षरुपमा उत्तर दिँदैछन्।
बैठकअघि प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेसँग संसद भवन नयाँबानेश्वरमा संवाद गरेका थिए।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम आइसकेको छ।
जेठ ४, २०८० बिहिबार १३:७
प्रतिक्रिया