ad ad

राजनीति


प्रधानमन्त्रीले भने : क्यान्टोनमेन्टका लडाकुको रकममा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु

प्रधानमन्त्रीले भने : क्यान्टोनमेन्टका लडाकुको रकममा भ्रष्टाचार पुष्टि भए जेल जान तयार छु

सांसदहरुको जवाफमा क्रममा प्रधानमन्त्री। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १३:३९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी लडाकुलाई व्यवस्थापन गर्ने क्रममा राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना भएको भनेर उछालिएकोमा आपत्ति जनाएका छन्।

बिहीबार बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पूर्वलडाकुका लागि राज्यले दिएको अर्बौँ रुपैयाँ हिनामिना भएको भन्दै गरेको प्रश्नको जवाफमा उनले यस्तो भनेका हुन्। 

‘राज्यबाट लडाकुहरुलाई दिइएको रकम अडिट भएर टुंगो लागिसकेको छ। पटक पटक राजनीतिक आग्रहका रुपमा त्यसलाई यहाँ ल्याइएको छ’, उनले भने, ‘त्यस्तो केही छ भने म अझै पनि छानबिन गर्नुपरे तयार छु। २०४८ सालदेखिकै सबै उच्च पदस्थहरुको सम्पत्ति छानबिनका लागि म तयार छु।’

उनले भ्रष्टाचारका विषयमा सबै राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिने उनले बताए। 

‘पटक पटक माओवादी लडाकुका क्यान्टोनमेन्टको कुरा उठिरहन्छ। क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा कपोलकल्पित छ’, उनले जवाफमा भने, ‘यदि उजुरी परेर छानबिनबाट दोषी ठहरिए म आफैँ जेल जान तयार छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .