सरकारले निजामती अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने घोषणा गरेको छ।
सरकारको २०८०/८१ को नीति तथा कार्यक्रममा निजामति अस्पतलालाई शिक्षण अस्पताल बनाउन लागिएको राष्ट्रपति रामचन्द्र पौडेलले बताए।
शुक्रबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने, ‘निजामती अस्पताल र सबै संघीय अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरिनेछ। निजामती अस्पताललाई विशिष्टीकृत चिकित्सा सेवासहितको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्दै क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने नीति लिइनेछ।’
शिक्षण अस्पताल बनाएपछि चिकित्सा विज्ञान पढाइ हुनेछ । हाल वीर अस्पतालमा सो पढाइ हुँदै आएको छ।
त्यस्तै गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिने पनि नीति तथा कार्यक्रममार्फत घोषणा गरिएको छ। नीति तथा कार्यक्रममा भनिएको छ, ‘गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिनेछ। उक्त अस्पताल यसै वर्ष सञ्चालनमा ल्याइनेछ।’
Shares
प्रतिक्रिया