ad ad

राजनीति


विश्वप्रकाशको प्रस्ताव- राष्ट्रपति एक र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी नबनाऔं

विश्वप्रकाशको प्रस्ताव- राष्ट्रपति एक र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी नबनाऔं

फाइल तस्बिर


नेपालखबर
असार २, २०८० शनिबार १९:२५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी बन्न नपाउने सिस्टम बनाउनुपर्ने प्रस्ताव गरेका छन्। 

प्रतिनिधिसभा सांसद समेत रहेका शर्माले महामन्त्री तीन पटक भन्दा बढी मन्त्री र चार पटकभन्दा बढी सांसद पनि बन्न नपाउने व्यवस्था मुलुकका लागि आवश्यक रहेको बताए। 

शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘एक पटक राष्ट्रपति भएपछि अब दोहोर्‍याएर नहुने सिस्टममा जाऔं। दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक नपाउने बनाऔं। ३ पटक भएपछि चार पटक नपाउने बनाऔं। ४ पटक सांसद भएपछि विदा लिने सिस्टम बनाऔं,’ महामन्त्री शर्माले भने, ‘जतिसुकै योग्य व्यक्ति भएपनि यो भन्दा बढि जिम्मेवारी नलिऔं। व्यक्ति जतिसुकै योग्य होस्। यसो गरेर मात्रै शासक र शासन व्यवस्थालाई सुधार गर्न जरुरी छ।’

साथै, शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दवाव बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राखेका हुन्। 

नेताहरूलाई दोषी करार गर्ने संविधान, कानुन र राज्यका निकाय भएकाले राजनीतिक दलहरुले त्यसले लिएको निष्कर्षलाई मानेर अघि बढनुपर्ने उनको भनाइ थियो। 

‘मेरो पार्टीको अमूक नेता चाँही निर्दोष हुनुहुन्छ, फसाउन पाईदैन खोजिदैछ भनेर हामी कसैले भन्न पाउँदैनौं। यो देशमा कानुन छ। यो देशमा संविधान छ। यो देशमा अख्तियार छ। यो देशमा अदालत छ। तिनले भन्ने हो कि तिम्रो दलको नेता निर्दोष छ,’ शर्माले भने, ‘नख्खु जेलमा भेट्न जाउँ भन्ने कुरा कसले गर्छ? भन्दा अदालतले गर्छ। त्यो कर्ममा कांग्रेस, एमाले, माओवादी जस्ता दलले कसैले प्रतिरक्षा नगर्ने। र, कोही पनि निर्दोष नफसून। र, कोही पनि दोषी नउम्किउन भन्ने मनोविज्ञान बनाउने कुरा पनि सुशासनको एउटा कदम हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .