ad ad

राजनीति


गगनलाई लक्षित गर्दै पूर्णबहादुरले भने- औंला ठड्याएर परिवर्तन सम्भव छैन

गगनलाई लक्षित गर्दै पूर्णबहादुरले भने- औंला ठड्याएर परिवर्तन सम्भव छैन

नेपालखबर
असार ४, २०८० सोमबार १९:५३, काठमाडौँ

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्। 

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औंला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे। 

‘पार्टी पनि निर्जीव छ, सरकार पनि निर्जीव छ, त्यसलाई जीवित बनाउने भनेको पार्टीमा नेतृत्व लिने केन्द्रदेखि वडा टोलसम्मका नेताहरुको निर्णय प्रक्रिया, काम गर्ने प्रक्रिया जीवनशैली, प्रक्रियाशैली सबै कुरामा निर्भर रहन्छ भने देशको पनि मुलुकको प्रधानमन्त्री लगायत मन्त्रीहरु, शासनमा रहेका जिम्मेवारी बोकेका सबैको भुमिका कर्तव्यबाट यी कुराहरु निक्र्यौल हुने भएकाले हामी सबैले मम भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर, सपारेर त्यसलाई अत्यन्त तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिन्छ, औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनः निर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबैकुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ।’

उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए। पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको पनि उनले बताए। 

पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने उनले बताए। 

‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने? म रुपान्तरण हुन तयार हुने हो। व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा,’ उनले भने, ‘सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया शुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरु हुन्छ।’

पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे। कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .