समाजवादी मोर्चामा आबद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज (बिहीबार) भेटवार्ता भएको छ।
प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे दुई नेताबीच गम्भीर छलफल भएको हो।
दुई नेताबीच बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकताबारे पनि छलफल भएको बताइएको छ।
यही असार ४ गते उक्त दुई पार्टीसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गरेर चार पार्टीले समाजवादी मोर्चा बनाएका छन्।
समाजवादी मोर्चाको अवधारणा ल्याउने डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी भने अन्त्यमा यसमा सहभागी भएन।
आफूलाई जानकारी नै नदिई मोर्चा घोषणा गरिएको भन्दै डा. भट्टराई असन्तुष्ट छन्।
Shares
प्रतिक्रिया